११ बैशाख २०८१, मंगलवार
Follow Us

निवेदनको सुनुवाई भए मतगणनामा जान्छु : शेर सुनार (विषेश अन्तरवार्ता)

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७६, बुधबार ११:५४

एक एक वर्ष अध्यक्ष सम्हाल्ने सहमतिको प्रस्ताव अस्वीकार लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) को शनिवार सम्पन्न निर्वाचनको मतगणनामा देखिएको विवादको बारेमा अध्यक्षका प्रत्यासी शेर सुनारले पहिलो पटक मुख खोलेका छन् ।

सुनारले बुधवार विहान नेपालब्रिटेन डट कमलाई दिएको एक अन्तरवार्तामा निर्वाचन समितिले आफ्नो निवेदनको सुनुवाई नगरेको आरोप लगाएका छन् ।

 

बेजिङस्टक मतदान केन्द्रमा भएको अनियमितताको वारेमा निर्वाचन समितिलाई दिएको निवेदन सम्वन्धमा आफुलाई लिखित जवाफ नआएको वताए । उनले अध्यक्षकी प्रत्यासी पुनम गुरुङसंग एक एक वर्ष सहमतिमा आगामी कार्यकालको नेतृत्व लिने प्रस्ताव ठाडैं अस्वीकार गरे ।

 

उनले सोमवार साँझको बैठकमा एनआरएनए युकेका एक संरक्षकले पूर्व लिखित एक सहमतिमा हस्ताक्षर गर्न दवाव दिएको खुलासा गरे । तर उनले ती संरक्षकको हुन प्रष्ट पारेनन् ।

यस्तो छ सुनारसंगको बिषेश अन्तरवर्ता