१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन अमेरिका प्रतिनिधी विवाद: क्षेत्रीय संयोजक जोशीलाई अन्तिम नामावली तयार गर्ने अधिकार (पत्रसहित)

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७६, बुधबार १६:००

 लण्डन । केन्द्रको नियमावली विपरीत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको प्रतिनिधी चयन भए पछि विवाद उत्पन्न भएको छ ।

१८३ जना केन्द्रिय प्रतिनिधी रहेको गैरआवासीय नेपाली संघ अमेरिकाले दुई चरणमा तयार पारिएकाे १३५ जनाको लिस्ट संघको विधान विपरित भए पछि संघको ६७ औं कार्यसमितिको बैठकले क्षेत्रीय संयोजकलाई अधिकार प्रदान गरेको हो ।

संघको नियमावली अनुसार आइसीसी सदस्य, संरक्षक, सल्लाहकारहरुलाई पहिलो प्राथामिकतमा प्रतिनिधी हुने अधिकार छ । यसअघि संघका महासचिव डा. बद्री केसीले कुनै पूर्वाग्रहले पंजीकृत सदस्यहरुलाई प्रतिनिधि बन्न निषेध नगर्न आग्रह गर्दै पत्र लेखेका थिए ।

पत्रमा राष्ट्रिय समन्वय परिषदहरुले प्रतिनिधिहरु चयन गर्दा राष्ट्रिय महाधिवेशन संचालन संबन्धि निमिमावाली २०१९ को धारा ७।३ राष्ट्रिय समन्वय परिषदले कुनै पूर्वाग्रहले कुनै पंजीकृत सदस्यहरुलरई प्रतिनिधि बन्न निषेध गर्न पाउन छैन्। यस्तो अवस्थामा निषेधित सदस्यले अन्तर्राष्ट्रिय समन्वय परिषदमा उजुरी गर्न सक्ने छ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समन्वय परिषदले गरेको निर्णय अन्तिम मानिनेछ भन्ने प्रावधान अनुसार यसै पत्र साथ संलग्न गराइएको अनुसार प्रतिनिधि चयन गरी पठाउन हुनको लागि हार्दिक अनुरोध गर्दछौं उल्लेख छ ।

प्रतिनिधी छान्न निम्नानुसार चयन गर्नु पर्ने विधानमा उल्लेख छ ।

प्रतिनिधीहरु चयन गर्दा राष्ट्रिय महाधिवेशन संचालन संबन्धि नियमावली २०१९ को धारा ७.२ अनुसार प्राथमिकताको आधारमा चयन गर्नु पर्नेछ। प्रतिनिधिको नामावली पठाउने नमुना देहाय बमोजिमको हुनु अनिवार्य छ।

Sample to send delegates to ICC

  • ICC Member -Organizer
  • Patron/Advisor/Hon Member Priority 1
  • Ex ICC Executives member Priority 2
  • EX ICC Patrons Priority 2
  • NCC Executive Member Priority 3
  • Members of ICC committees Priority 4
  • Immediate past NCC executive Priority 5
  • Past NCC executives and members Priority 6
  • Past ICC TF and Committee Priority 7
  • NCC TF and Committee Priority 8
  • Registered member with seniority Priority 9
  • Rest members Priority 10