१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकी ४५औँ राष्ट्रपतिमा डोनाल्ड जोन ट्रम्प निवार्चित

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७३, बुधबार ०९:२७

न्युयोर्क । अमेरिकामा नोभेम्बर ८ का दिनमा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी हुनुभएको छ । ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी डेमोक्र्याटीक पार्टीका उम्मेदवार हिलारी रोधाम क्लिन्टन रहनुभएको थियो ।
यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्नो विजयको घोषणासँगै आफ्ना समर्थकका विशाल सभालाई सम्बोधन गर्दै आफू सम्पूर्ण अमेरिकी नागरिकको राष्ट्रपति हुने बताउनुभएको छ ।
हिलारीले देशको लागि गर्नुभएको कडा परिश्रम र सेवाप्रति आफू आभारी भएको समेत बताउनुभएको छ । यसैगरी क्लिन्टनले टेलिफोनमार्फत आफूलाई बधाई दिनुभएको ट्रम्पले बताउनुभएको छ । साथै क्लिन्टनले आफ्नु पराजय स्विकार गर्नुभएको छ । यहाँसम्म दुबै उम्मेदवारले हासिल गर्नुभएको राष्ट्रपति पद चयनार्थ प्रदान हुने “विशेष मत” (इलेक्टोरल कलेज भोट) गणना गर्दा ट्रम्पले २८८ र क्लिन्टनले २१५ मत प्राप्त गर्नुभएको छ । राष्ट्रपति पदमा विजयी हुन् २७० इलेक्टोरल कलेज भोटको प्रष्ट बहुमत आवश्यक पर्दछ ।

को हुन् डोनाल्ड ट्रम्प ?
अमेरिकाको ४५ औं राष्ट्रिपति बनेका डोनाल्ड ट्रम्प चुनाव अवधिभरि सर्वाधिक चर्चामा रहे । ट्रम्पको भूमिका उनको क्षमता, उनले दिएका अभिव्यक्ति, विवाद र निजी जीवनको कथालाई समिश्रण गर्ने हो भने रोचक बन्छ । अमेरिकी मात्र होइन, संसार नै जान्न चाहन्छ, ट्रम्प को हुन भन्ने कुरा ।
ट्रम्प सफल अमेरिकी व्यवसायी हुन् । उनीसँग अर्बकौं सम्पत्ति छ । न्यूयोर्कको सबैभन्दा महँगो स्थान म्यानहैटन क्षेत्रमा उनीसँग प्रशस्त चल अचल सम्पत्ति छ । जम्माजम्मी मिलाएर भन्दा उनी कुलिन अमेरिकन हुन् ।
अमेरिकन सपनालाई डोनाल्ड ट्रम्प प्रतिनिधित्व गर्छन् । तर उनलाई मध्यमवर्ग पनि उनलाई खुबै मन पराउँछन्, यो चाहिँ चासोको विषय हो । उनको नीति भनेको मात्र अमेरिकीलाई फाइदाका लागि हुन्छ । केही देशका मानिसहरु भने उनलाई संसारकै शान्ति र सुरक्षाको खतरा मान्छन् ।
ट्रम्पको जिन्दगीको यात्रा निक्कै चाख लाग्दो छ र उतारचढावले भरिएको छ । उनी १४ जुन १९४६ मा न्यूयोर्कको क्विन्स इलाकामा जन्मेका थिए । त्यो क्षेत्र भनेको मध्यम वर्गीय परिवार बसोबास गर्ने इलाका थियो । डोन्डाल्डका पिता फ्रेड ट्रम्पले रियल इस्टेटको व्यापारमा निक्कै सफलता हासिल गरे । त्यसैले उनी सानदार गाडी कुँदाउथे, जसलाई चलाउनका लागि फ्रेडले ड्राइभरसमेत राखेका थिए ।
ट्रम्पकी आमा स्कटल्यान्डबाट अमेरिका पुगेकी थिइन् । ट्रम्पको घरमा अनुशासनको वातावरण थियो । त्यहाँ गाली र फोहोरी कुरा बोल्न सक्त मनाइ थियो । प्रशस्त धनसम्पत्ति भए पनि फ्रेडले आफ्ना सबै सन्तानलाई आफ्नो खुट्टामा उभिन सिकाए ।
सन् १९५९ मा जब ट्रम्प १३ वर्षका थिए, उनका पिताले घरमा स्वीचब्लेड नामको हतियार फेला पारे । छोरा नबिग्रियोस भनेर ट्रम्प दम्पत्तिले छोरालाई अध्ययनका लागि न्यूयोर्कको सैनिक स्कुलमा भर्ना गरिदिए । त्यहाँको अनुशासित वातावरण पनि बेग्लै किसिमको थियो ।
स्कुलमा अनुशासन र शारीरिक सुगठनमा बढी नै ध्यान दिइन्थ्यो । ट्रम्पले त्यहाँबाट १९६४ मा पढाइ सकेर निस्के । त्यसपछि उनलाई फोडर्म युनिर्भसिटीमा भर्ना गरियो । त्यसको दुई वर्षपछि उनलाई अमेरिकाको चर्चित वार्टन विजनेश स्कुलमा अध्ययनका लागि भर्ना गरियो ।
तीन वर्ष कलेज अध्ययनपछि ट्रम्प न्यूयोर्कको म्यानहैटन क्षेत्रमा बस्न थाले । सत्तरीको दशकमै ट्रम्पले आफ्ना पितासँग करोड करोड डलर लिएर कमोडोर होटल किने । त्यसबेला उक्त होटल घाटामा चलिरहेको थियो । उनले होटलको भवन मरम्मत गरेपछि सन् १९८० मा होटलाई द ग्रेन्ड ह्यात नाम दिएर सञ्चालनमा ल्याए । ट्रम्पको त्यो योजना सफल भयो । उनी रातारात करोडपति भए ।
सन् १९८२ मा ट्रम्पले न्यूयोर्कमा ट्रम्प टावर बनाए । त्यो न्यूयोर्कको चर्चित भवनमध्ये एक हो । भनिन्छ, त्यो बनाउनका लागि पोल्यान्डबाट गैरकानुनी तरिकाबाट ल्याइएका मजदुरको ठूलै योगदान थियो । चाख लाग्दो विषय चाहिँ के हो भने किन यतिबेला ट्रम्प दोश्रो देशबाट आएका आप्रवासीहरुको विरोध गर्छन् । ट्रम्प अहिले पनि त्यही भवनमा बस्छन् र दैनिक कार्यसञ्चालन गर्छन् ।
असीको दशकमा सफलतासँगै नब्बेको दशकमा उनलाई झ्टका लाग्यो । सुरुमा उनको निजी जिन्दगीमा उथलपुथल आयो । उनकी पत्नी इवानालाई ट्रम्पसँग मैपल्स नामकी महिलासँग अफेयर चलेको खवर प्राप्त भयो । त्यसपछि इवानाले ट्रम्पसँग सम्बन्ध विच्छेद गरिन् । जुन सम्बन्ध विच्छेदले ट्रम्पलाई ठूलै नोक्सानी भयो ।
नब्बेको दशकमा अमेरिकामा मन्दी सुरु भयो । ट्रम्पलाई रियल स्टेटको कारोबारमा पनि ठूलै नोक्सानी भयो । अटलान्टिक सिटीमा रहेको होटल ताजमहल बन्द गर्ने घोषणा गरे । सन् १९९२ मा ट्रम्प प्लाजाको पनि त्यही अवस्था आयो । सफल व्यवसायी भनेर चिनिएका ट्रम्पलाई ठूलै धक्का लाग्यो ।
सन् १९९७ मा उनको व्यवसाय फस्टाउन थाल्यो । उनले आफ्ना नाउ र ट्रम्प एयरलाइन्स बेचे । त्यसपछि उनले मि युनिभर्स प्रतियोगिता, मिस युएस र मिस टिन युएसको मताधिकार किने । मनोरञ्जनको संसारमा ट्रम्पको यो पहिलो कदम थियो ।
सन् १९९९ मा ट्रम्पले राजनीतिमा पनि हात हाले । उनले रिफर्म पार्टी बनाए । सन् २००० मै राष्ट्रपति पदमा उम्मेदवार बन्ने दाउमा उनले रिफर्म पार्टी गठन गरेका थिए । उनले त्यसबेला ओप्राप विन्फ्रेलाई उपराष्ट्रपति बनाउने घोषणा गरेका थिए । तर चुनाव नजिकिदै गर्दा पार्टीभित्रको आन्तरिक कहल भयो, जसले गर्दा उनी चुनावबाट अलग बसे ।