६ चैत्र २०८०, मंगलवार
Follow Us

अहिल्यै मतणना सुरु गरौं: पुनम गुरुङ, अध्यक्ष (प्रत्यासी) एनआरएन युके

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७६, बुधबार २१:२५


लन्डन । एनआरएनए यूके अध्यक्ष प्रत्यासी पुनम गुरुङ समूहले मतगणना रोकिएकामा गम्भीर आपत्ति जनाएको छ । बुधबार सांझ मिचेटमा एक पत्रकार सम्मेलन गर्दैै उक्त समूहले ५ दिनदेखि जनमतको भावना बन्द बाकसभित्र राखिनु बिडम्बना भएको उल्लेख गर्दै तत्काल मतगणना थाल्न माग गरेको छ । मतगणनामा निर्वाचन आयोगसंग आफूहरु सहकार्य गर्न तत्पर रहेको पनि उसले बताएको छ ।


ुअहिले बेलायतमात्र होइन, सिंगो संसारको एनआरएन समुदायले बेलायतको निर्वाचन प्रक्रियालाई नजिकबाट अवलोकन गरिरहेको छ । प्रजातन्त्रको जननी मानिने र एनआरएनको उद्गमस्थल बेलायतमा सारा एनआरएन समुदाय र सिंगो संस्थाको बदनाम हुने गरी गरिएका दुष्प्रचारप्रति हाम्रो गम्भीर आपत्ति छु, पुनम समूहले भनेको छ ।

एकाध निर्वाचन केन्द्रमा तथाकथित अनियमितताको आरोपमा उत्रिएर सिंगो निर्वाचन प्रक्रिया अवरुद्द गर्ने कुरा कदापी स्वीकार्य हुन नसक्ने पनि समूहले प्रष्ट पारेको छ ।
नतिजा जे जस्तो र जसको पक्षमा आएपनि निर्वाचन भइसकेपछि अहिले हर्षोल्लासमय वातावरण हुनपर्नेमा तिरस्कृत हुने वातावरण सृजना हुनु दुःखद भएको पनि पुनम टिमले जनाएको छ । ुढिलाइको चाहना हाम्रो थिएन । प्रक्रिया पुग्दा पुग्दै पनि रिजल्ट आउन ढिलाइ भएकामा हामी माफी समेत माग्दछौुं( अध्यक्षकी प्रत्यासी पुनमले भनिन् ।


ुनिर्वाचन प्रक्रियाको सर्वव्यापी सिद्दान्त अनुरुप सम्बन्धित सबै मतदान केन्द्रका आयुक्तहरुको प्रमाणीकरणमा मतपेटिकाहरु सुरक्षित रुपमा मतगणना केन्द्रमा प्राप्त हुनासाथ तत्काल मतगणना अगाडि बढाउनु पर्ने हुन्छ । तर, एकाध निर्वाचन केन्द्रमा तथाकथित अनियमितताको आरोपमा उत्रिएर सिंगो निर्वाचन प्रक्रियालाई अवरुद्द गर्ने कुरा कदापी स्वीकार्य हुन सक्दैन्ु, अध्यक्ष प्रत्यासी पुनम गुरुङ र महासचिवका प्रत्यासी फडिन्द्र भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ुयदि सम्बन्धित क्षेत्रमा कुनै गम्भीर अनियमितता भए गरेमा निर्वाचन आयुक्तले तत्काल निर्वाचन रोक्न समेत सक्ने प्रावधान हुन्छ । सामान्यतया केही अनियमितताको प्रयास देखिएमा त्यस्तो क्रियाकलाप निस्तेज गर्दै निर्वाचन प्रक्रिया सुचारु बनाउने सर्वव्यापी अभ्यास नै हो । निर्वाचनको दौरानमा कतिपय स्थानमा अनियमितताको प्रयास सम्बन्धी ध्यानाकर्षण हाम्रो तर्फबाट समेत भएको हो । त्यसमाथि निर्वाचन समितिले समेत कुनै गम्भीर प्रकृतिको अनियमितता नभएको निष्कर्षमा हाम्रो कुनै विमति नभएको समेत जानकारी गराउंछौं ।ु


विवादमा तान्न खोजिएको बेजिङस्टक मतदान केन्द्रमा समेत त्यस्तो कुनै प्रकृतिको अनियमितता नभएको निष्कर्ष निकाल्दै उक्त समूहले सम्बन्धित निर्वाचन आयुक्तले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न भएको रिपोर्ट पेश गरेको पनि स्मरण गराएको छ । सम्बन्धित केन्द्रमा अनियमितता भएको भन्ने उजुरी उपर छानविन गरि सिंगो निर्वाचन समितिले त्यस्तो कुनै अनियमितता नभएकाले मतगणना सुचारु गर्ने निर्णय गरिसकेको वर्तमान अवस्थामा सबै निर्वाचन प्रक्रिया नियमिति ढंगले सञ्चालन गरिसके पश्चात कुनै एक पक्षको नियोजित षडयन्त्रमा मतगणना प्रक्रियामा प्रभाव पार्ने गरी भए गरेका क्रियाकलापको भत्र्सना र विरोध पनि गरेको छ ।


उक्त समूहले समस्त नेपाली समुदायलाई विभाजित बनाउंदै विभिन्न मिडिया र सामाजिक सञ्जालमा समेत अनर्गल प्रचार गरि व्यक्तिगत लान्छना, दुव्र्यवहार र गालीगलौजको असभ्य तहमा ओर्लिएर भएका प्रचारबाजीहरुप्रति समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । ुहामी सधैं शिष्ट, सभ्य र सद्भावपूर्ण समाज निर्माण कार्यमा अभ्यस्त छौं । कतिपय अवस्थामा निश्चित व्यक्तिहरुले प्रकट गरेको अराजक र असभ्य शैलीको तहमा उत्रिएर हामीले कहिल्यै पनि प्रतिवाद गरेनौं र गर्ने पनि छैनौुं, विज्ञप्तिमा छ ।


मतगणना स्थलमा ल्याइएका मतपेटिकामाथि भएको आक्रमणको साक्षी सिंगो नेपाली समाज रहेको बताउंदै पुनम समूहले आम मतादाताको अभिमत बोकेको मतपेटिका जस्तो अति संवेदनशील सम्पत्ति र निर्वाचन अधिकारीहरुको सुरक्षाका लागि प्रहरी समेत गुहार्नु पर्ने स्थिति निम्त्याइएको परिस्थितिले सबैलाई लज्जाबोध गराएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रजातान्त्रिक ढंगले सफलतापूवर्क निर्वाचन सम्पन्न भएको निष्कर्ष निकाल्दै पुनम समूहले निर्वाचन सफल बनाउन अहोरात्र खटिने स्वयंसेवक, मतदाता, निर्वाचन आयोगप्रति आभार समेत व्यक्त गरेको छ ।

पत्रकार सम्मेलनमा पुनमले मतदान अवरुद्ध प्रक्रियालाई ब्रेक थ्रु दिन आफूहरुको विपक्षी र निर्वाचन आयोगसंग चरण चरणका वार्ता भएको जनाउंदै सहमतिका लागि अधिकतम लचकता अपनाएपनि अनेक तगरा आइरहेको जनाइन् । ुअर्को समूहले जिते म खुशीका साथ अबिर र मालाले बधाइ दिन चाहन्छु । मैले जिते पनि मलाई बधाइ दिनुस्ु, पुनमले भनिन् ।

गत शनिबार संयुक्त अधिराज्यको विभिन्न १३ निर्वाचन केन्द्रमा उत्साह र शान्तिपूर्ण तवरले करिब १० हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।