१३ बैशाख २०८१, बिहीबार
Follow Us

अन्ततः एनआरएन यूकेको मतगणना गर्ने सहमति

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७६, बिहीबार ०१:४७

काठमाडौं– विवादका कारण अन्योलमा परेको एनआरएन यूकेको मतगणना भोलि बिहान १० बजेदेखि सुरु हुने भएको छ ।
एनआरएन आईसीसीको दवावमूलक पत्रसँगै बसेको अध्यक्षका प्रत्यासी शेर सुनार र पुनम गुरुङ समूहको बैठकले मतगणना गर्ने सहमति गरेको हो ।
एनआरएन केन्द्रका महासचिव बद्री केसीले तत्काल सहमति जुटाएर मत गन्न दवाव दिँदै पत्र पठाएपछि दुई समूह बैठक बसेका थिए । बैठकले ४ बुँदे सहमति गरेको बताइएपनि सहमतिपत्र बाहिर ल्याइसकिएको छैन ।
मतदानका क्रममा धाँदली भएको भन्दै शेर सुनार पक्षले विरोध गरेपछि मतगणना बिथोलिँदै आएको थियो । एनआरएन यूकेको नेतृत्व चयनका लागि सेप्टेम्बर १४ मा मतदान भएको थियो ।