१६ चैत्र २०८०, शुक्रबार
Follow Us

८४ हजारभन्दा बढी कर्मचारीले बुझाए सम्पत्ति विवरण

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७६, बिहीबार ०२:२७

काठमाडौं । मुलुकका ९५ प्रतिशतभन्दा बढी निजामती कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएका छन् ।
कूल ८८ हजार ६ सय कर्मचारीमध्ये ८४ हजार ३ सय २ कर्मचारीले निर्धारित समयभित्र सम्पति विवरण बुझाएको निजामती किताबखानाले जनाएको छ । यो सम्पति विवरण बुझाउनुपर्ने कुल कर्मचारीमध्ये ९५ दशमलव १४ प्रतिशत हो ।
किताबखानाका प्रवक्ता एवं सूचना अधिकारी राजेन्द्रप्रसाद पराजुलीका अनुसार सम्पति विवरण बुझाउन २८ भदौसम्मको समय तोकिएको थियो । राजधानी दैनिकमा याे खबर छापिएकाे छ ।