६ चैत्र २०८०, मंगलवार
Follow Us

असुरक्षित गर्भपतन गराउने बढ्दै

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७६, बिहीबार ०२:३४

काठमाडौं । असुरक्षित गर्भपतन गराउनेको संख्यामा अझै कमी आएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हरेक एक सय महिलामध्ये ५८ जनाले असुरक्षित गर्भपतन गराउँछन् । प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउने गरेको तथ्यांक स्वास्थ्य सेवा विभागको छ । बर्सेनि १ लाख ८६ हजार १ सय ४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्स्टिच्युट र कृपा नामक संस्थाले जनाएका छन् ।

सरकारले गर्भपतन सेवा शीर्षकमा झन्डै १० करोड बजेट विनियोजन गरे पनि असुरक्षित गर्भपतन गराउनेको संख्यामा कमी आएको छैन । पर्याप्त जनचेतना, प्रभावकारी नियमनको अभावमा असुरक्षित गर्भपतन गराउनेहरूको संख्या बढ्दै गएको छ ।
अनिच्छित गर्भलाई सुरक्षित तरिकाले गर्भपतन गराउन आवश्यक सीप नभएका व्यक्तिले गरेको अथवा तोकिएको मापदण्डअनुसारको सुविधा नभएको स्थानमा दिइएको गर्भपतन सेवालाई असुरक्षित गर्भपतन भन्ने गरिन्छ । राजधानी दैनिकमा खबर छ ।