६ चैत्र २०८०, मंगलवार
Follow Us

किस्ताबन्दीमा बढ्दै कर्मचारीको उमेर हद

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७६, बिहीबार ०२:४४

काठमाडौं – निजामती कर्मचारीको उमेर हद कार्य–सम्पादनको आधारमा किस्ताबन्दीमा दुई वर्षसम्म बढाउने तयारी भएको छ। व्यवस्थापिका सविचाराधीन संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हद किस्ताबन्दीमा बढाउँदै ५८ बाट ६० पु¥याउने सहमति जुटाउने तयारी भएको हो। तर दुई वर्षसम्मको उमेर हद कर्मचारीको कार्यसम्पादनको आधारमा मात्रै थप हुनेछ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमै रहेको संघीय निजामती सेवा विधेयकमा निजामती कर्मचारीको कार्य–सम्पादनका आधारमा उमेर हद बढाउने विषयमा सहमति जुटेको हो। ‘उमेर हद बढाउने कि नबढाउने भन्नेमै विवाद थियो, सरकारले अहिले उमेर हदको विषयमा नयाँ मोडल प्रस्तुत गरेको छ,’ समितिका एक सदस्यले भने, ‘अब यसैमा लगभग सहमतिनजिक पुगिसकेको अवस्था हो।’ नागरिक दैनिकमा खबर छ ।