१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यसरी फुक्यो एनआरएन युकेको मतगणना विवादको गाँठो (पत्र सहित)

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७६, बिहीबार ०८:४८

 

लण्डन । विवादका कारण अन्योलमा परेको एनआरएन यूकेको मतगणना आज बिहान १० बजेदेखि सुरु हुने भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को दवावमूलक पत्रसँगै बसेको अध्यक्षका प्रत्यासी शेर सुनार र पुनम गुरुङ समूहको बैठकले मतगणना गर्ने सहमति गरेको हो ।

फानवरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा दुवै पक्षका प्रतिनिधी सहित भएको वैठकले आजै १० बजे देखी मतगणना गर्ने निर्णय गरेको हो ।

यसअघि वेलायत एनआरएनएको विवाद मिलाउन अध्यक्ष भवन भट्ट र महासचिव डा. बद्री केसीले बुधवार विहानै देखी सकृयता देखाएका थिए ।

गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा, केन्द्रिय प्रतिनिधी रामशरण सिमखडा र उपाध्यक्ष कुल आचार्यसंगको लामो छलफल पछि आइसीसीको तर्फबाट अध्यक्ष भवन भट्ट र महासचिव केसीको प्रमुखआयुक्त डमर घलेलाई तत्तकाल मतगणना गर्न निर्देशन दिएका थिए ।

सहमतिको लागि विहान १ बजे सम्म बसेको बैठकमा अध्यक्षका प्रत्यासी शेर सुनार, पुनम गुरुङ, उपाध्यक्ष कुल आचार्य, एनआरएन युकेका पूर्वअध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, निर्वाचन आयुक्त डमर घले, पत्रकारद्धय फडिन्द्र भट्टराई, भगिरथ योगि सहितको उपस्थिती थियो ।

यस्तै बैठकमा सहकोषाध्यक्ष सोम सापकोटा, सल्लाहकारद्धय डा. हेमराज शर्मा (कन्फ्रेन्स्) र सुरेन्द्र श्रेष्ठको उपस्थिती थियो ।
बैठकले ४ बुँदे सहमति गरेको बताइएपनि सहमतिपत्र बाहिर ल्याइसकिएको छैन । सो सहमति आइसीसीको पत्रको आधारमा तयार पारिएको हो ।

सहमति पछि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासीहरु गुरुङ र सुनारले मतगणनामा जान सहमति भएको बताए ।

मतदानका क्रममा धाँदली भएको भन्दै शेर सुनार पक्षले विरोध गरेपछि मतगणना बिथोलिँदै आएको थियो । एनआरएन यूकेको नेतृत्व चयनका लागि सेप्टेम्बर १४ मा मतदान भएको थियो ।