७ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न निर्वाचन आयोग सकारात्मक

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७६, बिहीबार १०:५१

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताएका छन् । उनले त्यसका लागि सरकारले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने उनले बताए ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार थपलियाले विदेशमा रहेका नेपालीहरुलाई कसरी मतदानमा भाग लिने व्यवस्था गर्ने भन्ने सन्दर्भमा आयोगले विभिन्न अध्ययन गरिरहेको जानकारी दिए । अनलाईन, हुलाक वा मोबाइलबाट मतदान गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने सुझाव उनले सरकारलाई दिए ।

बुथ राखेर विदेशमा रहेका नेपाली नागरिकहरुले मतदान गर्ने विद्यमान कानुनी व्यवस्था कार्यान्वयन हुने अवस्था नहरकाले अन्य विकल्पका लागि कानुन बनाउनु पर्ने उनले बताए । आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी तीब्र रुपमा भइरहेको जनाएको छ ।

थपलियाले उपनिर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्न सुरु भएको जानकारी दिए । एक साता भित्र नमावली अध्यावधिक गरेर परिचयपत्र वितरण सुरु गर्ने उनले स्पष्ट पारे ।

उपनिर्वाचनमा भाग लिन २१ वटा राजनीतिक दलले निवेदन दिएको उनले बताए । आगामी १४ मंसिरको प्रतिनिधिसभाको कास्की क्षेत्र नम्बर २, प्रदेश सभा अन्तरगत बाग्लुङ, दाङ र भक्तपुर तथा स्थानीय तहका ४७ वटा रिक्त सिटमा उपनिर्वाचन हुँदैछ ।