१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डन दूतावासमा नेपाल पर्यटन प्रवर्धन (भिडियो/फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७३, बुधबार १३:२७

लन्डन । लन्डनस्थित नेपाली दूतावासले बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा ‘वेष्ट भ्यालु डेस्टिनेशन’ नेपाल नामक पर्यटन प्रवर्धन कार्यक्रम गरेको छ । मंगलबार सांझ आयोजित उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले लन्डन एक्सेलको डब्लुटिएममार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश बांडेको जानकारी दिए । मन्त्री शाहीले भूकम्पपछि थलिएको नेपालको पर्यटनले पुनर्जीवन लिइरहेको पनि उल्लेख गरे । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले नेपालबारे वर्णन गर्दै एकपटक घुम्न जान आग्रह गरे । उक्त अवसरमा लोन्ली प्लानेटका जोसेफ र बोर्डका विमल कंडेलले नेपाल सम्वन्धि वृत्तचित्र प्रदर्शन गरेका थिए । उक्त अवसरमा सुस्मिता थापाले नेपाली गीतमा नृत्य गरेकी थिइन् भने स्वादिष्ट खाना एभरेष्ट इनले उपलव्ध गराएको थियो । कार्यक्रममा विभिन्न सहयोगीहरुलाई सम्मान समेत गरियो । नेपालबाट आएको प्रतिनिधिमण्डल नेपालको पर्यटन प्रवर्धन गर्न १० नोभेम्बरमा बेलायती शहर म्यानचेष्टर र १४ नोभेम्बरमा न्यू क्यासल जाने बताइएको छ ।

1

2

3

14980681_10154687756904282_8174459439812155643_n
14962619_10154687736169282_1330893854799995639_n

14962619_10154687736169282_1330893854799995639_n

14947522_10154687719964282_3972212889236883140_n

14938352_10154687731289282_3294099433942979653_n

14963351_10154687674704282_3976100319968338975_n

15032185_10154687689174282_8277324904241169279_n