१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन युकेको मतगणना: शेर सुनारको अग्रता

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७६, बिहीबार २१:३१


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको विहीवारबाट सुरु भएको मतगणनामा अध्यक्षका प्रत्यासी शेर सुनारले अग्रता लिएका छन् ।
साँझ ९ बजे सम्मको भएको मतगणनामा करिब १ हजार मतगणनामा शेर सुनारले अग्रता लिएका हुन् । उनलाई प्रत्यासी पुनम गुरुङले पछयाइरहेकी छन् ।

१३ मतदान केन्द्र मध्य ६ वटाको मात्र मतगणना सुरु भएको हो । महासचिवमा फडिन्द्र भट्टराईले अग्रता लिएका छन् भने आइसीसी सदस्यमा योग कुमार फगामी, सुशिला राई, दयानिधि सापकोटा लिलादेवी गुरुगं र ललित न्यौपानेले अग्रता लिएका छन् ।

अहिले सम्म ११ प्रतिशत मतगणना भएको प्रमुख निर्वाचन आयुक्त मेजर रिटायर्ड डमर घलेले जनाए ।

गत शनिवार भएको मतदानमा ९ हजार २ सय ५३ मत खसेको थियो । 

निर्वाचन समितिले अर्काे अपडेट २५ प्रतिशत मत गनेपछि दिने जनाएको छ ।

मतगणना जारी छ । औपाचारिक घोषणा हुन बाँकी छ ।