११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन युके अपडेटः ५ हजार मतगणना गर्दा २ सय मतले सुनारको अग्रता

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७६, शुक्रबार ११:५१

 लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको विहीवारबाट सुरु भएको मतगणनामा अध्यक्षका प्रत्यासी शेर सुनारले अग्रता कायम राखेका छन्। शुक्रवार दिउँसो सम्म भएको मतगणनामा करिब ५ हजार मतगणनामा शेर सुनारले २ सय मतले अग्रता लिएका हुन् । उनलाई प्रत्यासी पुनम गुरुङले पछयाइरहेकी छन् ।

गुरुङ समुहको पकड मानिएको अल्डरशट र बेजिगंस्टकको मतगणना हुन बाँकी छ । उपाध्यक्षहरु प्रेम गाहामगर, रोजिना राई, पशुपति पोखरेलको अग्रता छ ।

सचिवमा भोलाविक्रम राई, कृष्ण ढकाल, जीत रानाभाट अघि छन् । महासचिवमा फडिन्द्र भट्टराईले अर्का प्रत्यासी कर्मा पहाडीलाई निकै पछि पारेका छन् भने आइसीसी सदस्यमा योग कुमार फगामी, सुशिला राई, दयानिधि सापकोटा, अर्कराज तिमल्सिना, लिलादेवी गुरुगं र ललित न्यौपानेको अग्रता कायम छ ।

 

गत शनिवार भएको मतदानमा ९ हजार २ सय ५३ मत खसेको थियो । मतगणना जारी छ ।