१३ बैशाख २०८१, बिहीबार
Follow Us

संविधान दिवसको दिन पशुपतिनाथ क्षेत्रमा बम भेटियो

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७६, शुक्रबार १५:०५

काठमाडौं–देशभर संविधान दिवस मनाइँदा राजधानीको पशुपतिनाथ क्षेत्रमा शुक्रबार साँझ दुई वटा बम फेला परेको छ।
पशुपतिस्थित विश्वरुपा जाने बाटो र गेटबाहिर बम फेला परेको प्रहरीले जनाएको छ ।
बम फेला परेको खबर पाएसँगै तत्काल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निश्क्रिय पारेको थियो । बम फेटिएसँगै सो क्षेत्रमा केहीबेर त्रास फैलिन पुगेको थियो ।
सो बम सकेट बम भएको कसले राख्यो भन्नेबारे खुल्न नसकेको भन्दै प्रहरीले यसबारे अनुसन्धान सुरु गरिएको जनाएको छ।
सो क्षेत्रमा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।