१५ चैत्र २०८०, बिहीबार
Follow Us

गैर आवासीय नेपाली संघ युरोपमा योगिता थापाको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७६, शुक्रबार १६:१८


गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न विश्व सम्मेलनमा युरोपेली राष्ट्र बेल्जियममा युवा व्यवसायी तथा समाजसेवीको पहिचान बनाएकी योगिता थापाले युरोप महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।
युरोप मै सक्रिय महिलाहरु मध्ये एक थापा गैर आवासीय नेपाली संघ बेल्जियमकी निवर्तमान उपाध्यक्ष हुन् । होटल व्यवसायी थापाको परिचय विविध क्षेत्रसँग सम्बन्धित छ । उनी बेल्जियममा नेपाली कला संस्कृति तथा पर्यटनको प्रवद्र्धनका लागि निरन्तर क्रियाशील हुनुका साथै सफल मोडल पनि हुन् । बेल्जियमको राष्ट्रिय मोडल प्रतियोगिता ‘टप मोडल २०१६’ की फाईनलिस्ट पनि हुन् । उक्तः प्रतियोगितामा स्थानीय थुुप्रै बेल्जियन मोडलहरुलाई पछि पार्दै फाईनलमा पुगेकी थिईन् । उनी हाल लुम्बिनी कपिलबस्तु विश्व अभियान बेल्जियमको सचिवका रुपमा क्रियाशील छिन् । साथै भिजिट नेपाल २०२० को सफलताका लागि अभियान पनि सञ्चालन गरिरहेकी छन् । उनी अन्तराष्ट्रिय कलाकार संघ आदि विभिन्न संस्थाहरुमा सक्रिय छिन् ।
हाल उनी मिस नेपाल युरोपको आयोजनाको तयारी गरिरहेकी छन् जसको युरोपका विभिन्न देशहरुमा अडिसन भईरहेको छ । युरोपमा नेपाली समुदायको दोश्रो पुस्तालाई नेपाली कला संस्कृति, आप्mनो देश र आफु हुर्किएको देशको बारेमा गहन ज्ञान हासिल गर्दै आप्mनो प्रतिभा प्रदर्शन गर्ने र आत्मविश्वास बढाउन मिस नेपाल युरोप आयोजना गरिएको बताउँछिन् । हाल सम्म फ्रान्स, नर्वे, फिनल्यान्ड, अस्ट्रिया, नेदरल्याण्ड, जर्मनी, स्पेन आदि मुलुकमा अडिसन सम्पन्न भईसकेको छ । अन्य देशहरुमा पनि अडिसन सम्पन्न गरिने चरणमा रहेको मिस नेपाल युरोपको फाइनल भने डिसेम्बरमा गरिने जानकारी थापाले गराईन् । यो प्रतियोगिताले युरोपभरिका नेपालीहरुमा गैरआवासीय नेपाली अभियानलाई टेवा पुग्ने अपेक्षा गरेकी छन् ।
नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको मानार्थ सदभावना दुतको उपाधिले सम्मानित थापा आफुले गरेको यस्तै सामाजिक क्रियाशीलतालाई एनआरएन अभियान मार्फत प्रवासी नेपाली समाजलाई अघि बढाउन चाहेको बताउँछिन् ।
देश विदेश जहाँ रहेपनि महिलाहरुको समस्या पृथक हुने भएकोले त्यसको समाधान पनि एनआरएन अभियानबाटै खोज्ने र प्रवासी महिलाहरुलाई यो अभियानको शक्ति बनाउन पहल गर्ने उनको कार्यसुचीमा छ । यसका लागि युरोपका सबै नेपालीहरुले आफुप्रति विश्वास गर्ने उनको अपेक्षा छ ।