७ बैशाख २०८१, शुक्रबार
Follow Us

बर्न्टओकमा नि:शुल्क नेपाली कक्षा सन्चालन

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७६, शुक्रबार १८:३९

 लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र , बर्न्टओकले यो शैक्षिक सत्र देखि नेपाली बालबालिका हरुका लागि नि : शुल्क नेपाली कक्षा शुरु गरिएको जनाएको छ। केन्द्रका अध्यक्ष सुमन प्रधानले केन्द्र संग अहिले आफ्नै श्रोत पनि रहेको र अभिभावकहरु लाई थप आर्थिक भार नपरोस भन्ने उद्देश्य ले नेपाली कक्षा नि : शुल्क गरिएको बताए।

उनले सबै अभिभावकहरु लाई आ आफ्ना छोरा छोरी नेपाली कक्षा मा पठाएर बालबालिकाको समग्र व्यक्तित्व विकासमा सघा उन आग्रह पनि गरे। य स अघि केन्द्र ले नेपाली नयां वर्ष २०७६ को अवसर मा लन्डनमा शुभकामना आदानप्रदानसहित ए क च्यारिटी कार्यक्रम गरेको थियो ।

 

नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले गएको २ वर्ष भन्दा बढी समयदेखि बालबालिकाहरुलाई नेपाली लेख्न , पढ्न र बोल्न सिकाउने उद्देश्यले नेपाली कक्षा संचालन गर्दै आएको छ ।

हरेक शनिबार संचालन गरिने सो कक्षामा आधा घण्टा योग र ध्यान तथा आधा घण्टा नेपाली संगीत पनि सिकाइन्छ । य स बाहेक केन्द्रले बालबालिका का लागि नेचर वाक , खेलकुद तथा नृत्य प्रशिक्षण आदि पनि संचालन गर्ने गरेको छ।