१२ बैशाख २०८१, बुधबार
Follow Us

विवादीत ह्यारो र बेजिंगस्टोक मतदान केन्द्रको पनि मतगणना शुरु

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७६, शुक्रबार १९:००

लण्डन । निर्वाचन समितिका सदस्य याम बहादुर रानाको मध्यस्थतामा अध्यक्ष पदका उम्मेदवार शेर बहादुर सुनार तथा पूनम गुरुङबीच सहमति पछि ह्यारो र बेजिंगस्टोक मतदान केन्द्रको पनि मत गणना शुरु भएको छ।

एनआरएनएका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले गतिरोध तोड्दै मतगणना जारी राख्न सहमतिमा पुगेकोमा अध्यक्ष पदका उम्मेदवार शेर बहादुर सुनार तथा पूनम गुरुङ एवं निर्वाचन समितिलाई धन्यवाद दिएका छन्।

यसअघि गैरआवासीय नेपाली संघले आचार्य सहित सल्लाकारद्धय डा. हेमराज शर्मा, सुरेन्द्र श्रेष्ठ, सोम सापकोटाको एक समिति गठन गरि विवाद मिलाउन आग्रह गरेको थियो । यस अघि अन्य ११ ओटा मतदान केन्द्रहरुको मतगणना बिहीबार अपरान्ह सकिएको थियो।