७ बैशाख २०८१, शुक्रबार
Follow Us

तस्बिरमा हेरौं, लण्डनमा मनाइयो संविधान दिवस

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७६, शुक्रबार १९:४३

लण्डन — शुक्रवार विदेश तथादमुलुकभर संविधान दिवस मनाइयो । ०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवसको रुपमा मनाइन्छ । दिवसको अवसरमा नेपाली दूतावास लण्डनले दूतावास भवनमा विशेष समारोह आयोजना गरेको छ ।

समारोहमा वेलायतस्थित नेपाली समुदायका प्रमुख, करिब ३ दर्जन वेलायती सांसद। स्थानिय मेयर तथा उपमेयर तथा कुटनैतिक नियोगका प्रमुखहरुको उपस्थिती थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई वेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा वेलायती संसदमा अल पार्टी ग्रुपका प्रमुख विरेन्द्र शर्मा प्रमुख अतिथि थिए ।