८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन युके मतगणना : १० केन्द्रको मतगणनामा पुनम गुरुङ १४१ मतले पछाडि (भिडियो)

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७६, शनिबार ००:४५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको विहीवारबाट सुरु भएको मतगणनामा अध्यक्षका प्रत्यासी शेर सुनारले अग्रता कायम राखेका छन्। शुक्रवार राति निर्वाचन समितिले दिएको जानकारी अनुसार १० केन्द्रको मतगणना गर्दा सुनार १४१ मत अघि छन् । सुनारले २४५५ र गुरुङले २३१४ मत प्राप्त गरेकी छन् ।

१३ मतदान केन्द्र मध्य अल्डरशट, ह्यारो र बेजिगंस्टकको परिणाम आइसकेको छैन् । बेजिगंस्टकको मात्र मतगणनाको परिणाम आउन बाँकी छ । उपाध्यक्षहरु प्रेम गाहामगर, रोजिना राई, पशुपति पोखरेलको अग्रता छ ।

सचिवमा भोलाविक्रम राई, कृष्ण ढकाल, जीत रानाभाट अघि छन् । महासचिवमा फडिन्द्र भट्टराईले अर्का प्रत्यासी कर्मा पहाडीलाई निकै पछि पारेका छन् भने आइसीसी सदस्यमा योग कुमार फगामी, सुशिला राई, दयानिधि सापकोटा, अर्कराज तिमल्सिना, लिलादेवी गुरुगं र ललित न्यौपानेको अग्रता कायम छ । गत शनिवार भएको मतदानमा ९ हजार २ सय ५३ मत खसेको थियो । मतगणना जारी छ ।

 

तिजा

अध्यक्ष
पुनम गुरुङ २३१४
शेर सुनार २४५५
महिला उपाध्यक्ष
बिमला लिम्बु   १६९१
रोजिना प्रधान राई   २४०२
उपाध्यक्ष:
धन सार्की   १०६८
कमल पौडेल १२०५
पशुपति पोखरेल १७५३
प्रेम गाहामगर २०२५
सुनिल खड्का १४५६
महासचिब:
कर्मा पहाडी १६८३
फडिन्द्र भट्टराई २४०४
युवा  सम्योजक:
नबीन गुरुङ २२०७
अनिल मल्ल १४७१  
महिला   सम्योजक:
क्षमता ढकाल १८२०  
प्रसुना कंडेल   १८८५