१६ चैत्र २०८०, शुक्रबार
Follow Us

म्याग्दी र बागलुङका छ जनाको कैद मिनाहा

sarusaru
४ आश्विन २०७६, शनिबार ०७:३२

म्याग्दी– संविधान दिवसको अवसरमा म्याग्दी कारागारमा जेल जीवन बिताइरहेका चारजना कैदीलाई आम माफी दिइएको छ । दिवसको अवसरमा कानुनमा तोकिए अनुसार ४० प्रतिशतभन्दा बढी कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई जिल्लाबाट गरिएको सिफारिसको आधारमा कैद जीवनबाट मुक्त गरिएको हो । जिल्ला कारागारबाट कैद मुक्त हुनेमा कर्तब्यज्यान मुद्धाकमा सजाय भोगिरहेका मालिका गाउँपालिका–५ देविस्थानका भेषबहादुर राना, सवारी ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका बेनी नगरपालिका–३ भकिम्लीका मिठु छन्त्याल, बेनपा–५ का खिम दमाई र डाँकाचोरी मुद्धाका दोषी अन्नपूर्ण गाउँपालिका–५ शिखका कमल बहादुर खड्का रहेको प्रहरी नायव उपरिक्षक महेन्दप्रसाद मरासिनीले बताए । यसैबीच, संविधान दिवसको अवसरमा जिल्ला कारागार बागलुङमा जेल जीवन बिताइरहेका दुईजना कैदीको कैंद मिनाहा भएको छ । कर्तव्यज्यान मुद्धामा थुनामा रहेका एक पुरुष र ज्यान मार्ने उद्योग मुद्धामा थुनामा रहेकी एक महिलाको बाँकी कैंद मिनाहा भएको कारागारले जनाएको छ । कैंद मिनाहा हुनेमा जिल्लाको ढोरपाटन नगरपालिका–८ का छविलाल बिक र ढोरपाटन नगरपालिका–३ की अमृता घर्ती कार्की रहेका छन् । बिकलाइ दश बर्ष कैंदको सजाएँ सुनाईएको थियो भने घर्तीलाई ६ बर्ष कैंद सुनाईएको थियो । दुवै जनाले ५० प्रतिशत कैंद भुक्तान गरेका छन् । बाँकी ५० प्रतिशत कैंद मिनाहा भएको प्रहरी निरीक्षक नरेन्द्र जंग कार्कीले बताए ।

जनमञ्च