६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूकेमा पुनम गुरुङको रोमाञ्चक जीत

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७६, शनिबार १०:०७


लण्डन । गैरआवासीय नेपाली संघ युकेको अध्यक्षतामा पुनम गुरुङ विजयी भएकी छिन् । विवादका कारण लामो रस्साकस्सीपछि बिहीबारदेखि मतगणना सुरु भएको थियो । मतगणनाको सुरुदेखि नै अर्का प्रत्यासी शेर सुनारले अग्रता बनाएकोमा अन्तिम समयमा पुनमले अग्रता बनाउँदै रोमाञ्चकारी जित हासिल गरिन् ।

सुनारले मतगणना सुरु भए देखीनै आफ्नो अग्रता कायम राखेर गुरुङ माथि चर्को दवाव दिएका थिए तर ह्यारो र आफ्नै होम टाउन वेजिङस्टकले साथ दिए पछि गुरुङले जित हात पारीन् ।

स्रोतका अनुसार गुरुङले करिब २ सय मत अन्तरले जितेकी हुन् । निर्वाचन समितिले औपाचारिक घोषणा गर्ने तयारी गरिरहेको छ ।

यस्तै महासचिवमा फणिन्ड भट्टराई विजयी हु्ँदा अन्य पदमा पनि गुरुङ समूहले नै जित हासिल गरेको छ।

 

बिस्तृत विवरण आउन बाँकी छ ।  थप विवरण प्रतिक्षा गर्नुहोला ।