१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा चिनियाँ कम्युनिस्ट पार्टीको बृहत् अन्तरक्रिया कार्यक्रम

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७६, शनिबार २१:०४

काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टीले नेपालमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को व्यवस्थापनमा चिनियाँ कम्युनिस्ट पार्टीका पाहुनाका साथ असोज ६ र ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको नेकपाका स्थायी समिति सदस्य एवं स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता रहने छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग, स्कुल विभाग, सङ्गठन विभागका केही नेता नेपाल आइपुगेका छन् भने विदेश विभाग प्रमुख सोङ ताओ शनिबार आइपुग्ने उपप्रमुख पौडेलले जानकारी दिए ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाको तर्फबाट कार्यपत्र प्रस्तुत हुने छ ।गाेरखापत्रमा खबर छ ।