८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन युके निर्वाचन: कुन उम्मेदवारको कति मत ? (मतदानकेन्द्र सहित, पूर्ण विवरण)

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७६, आईतवार १४:५४

अल्डर्सट । एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् । प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै पुनमले डेढ दशक लामो एनआरएन यूके इतिहासकै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् ।

आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्ष निर्वाचित पुनमले ४५५१ मत प्राप्त गरेकी छन् भने सुनारले ४३४८ मत प्राप्त गरेको एनआरएन युके निर्वाचन समितिले जनाएको छ । उपाध्यक्षमा प्रेम गाहा र सुनिलबाबु खड्का विजयी बनेका छन् ।

महिला उपाध्यक्षमा रोजिना प्रधान राईले जितेकी छन् । स्कटल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा मोहन कार्कीले जितेका छन् । महासचिवमा फडिन्द्र भट्टराई विजयी बने । सचिवमा जित रानाभाट र कोशलेश्वर ढकाल मत ल्याएर निर्वाचित भए । महिला सचिवमा रन्जिता मल्ल, कोषाध्यक्षमा तेजेन्द्र रोका र सहकोषाध्यक्षमा सलुन्तला गुरुङ मतसहित विजयी बने ।

युवा संयोजकमा नविन गुरुङ र महिला संयोजकमा प्रसुना कंडेलले ३ जितेकी छन् । सदस्यमा सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कंडेल , कोपिला वनेम, लालबहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा सुनिलकुमार शाह , हेमबहादुर लिम्बु, , चन्द्रकला लिम्बू , तारामैया गुरुङ, ज्ञानेन्द्र आले मगर विजयी बनेका छन ।

 

आइसिसी सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी , दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भए । इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित भए ।

प्रतिस्पर्धी भिम सारुको २९०५ विरुद्ध श्रेष्ठले ३१२० प्राप्त गरे । उपाध्यक्षमा लालबहादुर गुरुङ विजयी बने । सचिवमा गोबिन्द शर्मा खरेल निर्वाचित बने । कोषाध्यक्षमा ध्रुवहरि बास्कोटा सहकोषाध्यक्षमा चन्दन गुरुङ जिते । सदस्यमा वन्दना केसी, मोहन ओली, प्रकाश न्यौपाने र सिताकुमारी पन्त ३ विजयी भए ।

हेर्नुहोस् कुन उम्मेदवारले कति मत प्राप्त गरे

watermarked-images watermarked-images