१३ बैशाख २०८१, बिहीबार
Follow Us

वेजिङस्टक मतदान केन्द्रमा निस्पक्ष निर्वाचन: छानविन समिति, एनआरएन युके

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७६, आईतवार १५:५२

 

लण्डन । गैरआवासीय नेपाली संघ युकेको गत शनिवार वेजिङस्टक मतदान केन्द्रमा निस्पक्ष निर्वाचन भएको छानविन समितिले ठहर गरेको छ ।

गैरआवासीय नेपाली संघ केन्द्रको पहलमा रिटायर्ड लेफ्टिनेन्ट कर्णेल याम बहादुर रानाको संयोजकत्वमा गठित छानविन समितिले आफ्नो प्रतिवेदन मार्फत सो मतदान केन्द्रमा निस्पक्ष मतदान भएको ठहर गरेको हो ।


निर्वाचनमा सो क्षेत्रमा धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासी शेर सुनारले बखेडा झिके पछि संघले स्वतन्त्र छानविन समिति गठन गरेको थियो ।


छानविन समितिको प्रतिवेदनमा ‘कमी कमजोरीहरुको समीक्षा गरियो र भविष्यमा यस्ता पक्षहरु दोहोरिन दिनु हुदैंन भन्ने निस्कर्ष सहित मतगणना सुरु गर्ने देखि अन्तिम घोषणासम्म पुनः निर्वाचन गर्न खासै ठूलो कारणहरु देखिएन’ उल्लेख गरिएको छ ।


छानविन समितिले आइतवार दिउँसो प्रतिवेदन पेश गरे पछि छानविन समितिको निश्कर्ष पछि निर्वाचन समितिले नयाँ निर्वाचित कार्यसमितिमा सपथ खुवाएको हो ।