६ बैशाख २०८१, बिहीबार
Follow Us

देउवा विमानस्थलमै आक्रोसित

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७३, बुधबार १३:५२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको गोवामा आफूले तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधिलाई नभेटेको जिकिर गरेका छन् । ‘झूठो समाचार प्रकाशित गरिएको’ भन्दै उनले सन्चारमाध्यमप्रति आक्रोश व्यक्त गरे ।
भारत भ्रमणबाट फर्कनेक्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै उनले ‘कपोलकल्पित विषयलाई समाचार बनाइएको’मा दुःख व्यक्त गरे ।
उनले सन्चारमाध्यमलाई सत्यतथ्य समाचार प्रकाशन र प्रसारण गर्न आग्रहसमेत गरे । ‘नेपाली कांग्रेस एक चीन नीतिमा प्रतिबद्ध’ रहेको भन्दै उनले छिमेकीमुलुक चीनको अहित हुने गरी आफूले कुनै भेटवार्ता नगरेको स्पस्ट पारे ।
एक अर्को प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट दुई देशबीचको आपसी सम्बन्धमा केन्द्रित रहेको बताए । मोदीले नेपालको संविधान कार्यान्वयन गर्न सबै एकताबद्ध हुन सुझाव दिएको जानकारी पनि उनले गराए ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइएको विषयमा पार्टीभित्र थप छलफल गरेरमात्रै निर्णयमा पुग्ने देउवाले बताए । नेकपा एमालेसँग छलफल गरेर संविधान संशोधन प्रस्ताव छिट्टै सदनमा दर्ता हुने उनको भनाइ छ ।