१३ बैशाख २०८१, बिहीबार
Follow Us

बैरागी काइँलालाई जगदम्बा श्री र येगेश राजलाई मदन पुरस्कार प्रदान

sarusaru
६ आश्विन २०७६, सोमबार ०५:५४

काठमाडौं : २०७५ सालको जगदम्बा श्री र मदन पुरस्कार वितरण गरिएको छ । जगदम्बा–श्री पुरस्कारबाट बैरागी काइँला र मदन पुरस्कार योगेश राजलाई  प्रदान गरिएको हो । 
मदन पुरस्कार गुठीले ललितपुरमा आयोजना गरेको विशेष कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवै स्रष्टालाई पुरस्कार प्रदान गरेका हुन् । 

काइँलालाई लिम्बु भाषा र मुन्धुम संस्कार अध्ययन–अनुसनधान तथा अभिलेखन गरेर नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान  गरेको भन्दै जगदम्बा श्री पुरस्कार प्रदान गरिएको हो । योगेश राजलाई भने ‘रणहार’ कृतिका लागि मदन पुरस्कार प्रदान गरिएको हो । 

कार्यक्रममा गुठी अध्यक्ष कुन्द दीक्षितले स्वागत मन्तव्य दिँदै पुरस्कार विजेता स्रष्टालाई बधाई दिए । कार्यक्रममा पुरस्कार विजेता काइँला र राजले विशेष मन्तव्य राखेका थिए । 

अन्नपूर्ण पोष्ट