८ बैशाख २०८१, शनिबार
Follow Us

मेलम्ची आयोजनाको ठेक्कामा आर्थिक चलखेल भएको छ : देउवा

sarusaru
६ आश्विन २०७६, सोमबार ०६:५९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् ।

देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै आलोचना गरे । विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट यसमा आर्थिक चलखेल भएको देउवाको जिकिर थियो ।

 
 
 

नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उनले ओली सरकारले शून्य सहनशीलताको कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दावी पनि गरे ।

सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दे सैह्य नहुने चेतावनी पनि दिए ।

महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम समावेश गरिएको सो पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा मात्रै पनि आफ्नो पार्टीले आगामी निर्वाचनमा विजयी हुने दावी गरे ।

उनले पार्टीलाई अघि बढाउन पार्टी भित्रको एकताको आवश्यक्तामा पनि जोड दिए । पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने महामन्त्री कोइरालाको भनाइ थियो ।

महामन्त्री कोइरालाले नेकपा नेतृत्वको वर्तमान सरकारले गरेका काम र पार्टी नेतृत्वको विगतका सरकारले गरेका कामको पनि तुलनात्मक अध्ययन हुने गरी पुस्तक लेख्नुपर्ने आवश्यकता पनि औंल्याए ।

अनलाइन खबर