१३ बैशाख २०८१, बिहीबार
Follow Us

नवलपरासीमा कार र ट्रक ठोक्किदा ५ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७६, सोमबार २१:०७

काठमाडौं– सोमबार राति पूर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किँदा ५ जनाको मृत्यु गएको छ ।

कावासोती ८ को खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किएको हो ।

दुर्घटनामा परि कारमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
ज्यान गुमाउनेहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ ।