४ बैशाख २०८१, मंगलवार
Follow Us

मेस्सीले फेरि जिते फिफा ‘द बेस्ट अवार्ड’

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७६, सोमबार २१:२४

फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट अवार्ड’ सोमबार राति मेस्सीलाई प्रदान गरेको हो ।
अर्जेन्टिना एवं बार्सिलोनाका स्टार खेलाडी मेस्सीले अवार्डको अन्तिम मनोनयनमा परेका नेदरल्यान्ड्स तथा लिभरपुलका स्टार भर्जिल भान डाइक र पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्डमा बाजी मारेका हुन् ।

यससँगै मेम्सीले फिफा अवार्ड सर्वाधिक जित्ने खेलाडीको नयाँ किर्तिमान पनि रचेका छन् ।
मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यस अवार्ड जितेका थिए ।

फिफाले मनोनयनको शीर्ष तीनमा रहेका मध्येबाट फिफामा आवद्ध सबै देशका राष्ट्रिय प्रशिक्षक र कप्तान, क्षेत्रीय प्रतिनिधित्व हुनेगरी छनोट भएका पत्रकार तथा फिफा डट कम मार्फत विश्वभरका फुटबल समर्थकको मतदानका आधारमा उत्कृष्ट बर्ष खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्दै आएको छ । मेस्सीले सबैको मतका आधारमा औसत ४६ अंक, भानडाइकले ३८ अंक र रोनाल्डोले ३६ अंक पाएका थिए ।

यसैगरी फिफा उत्कृष्ट बर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका योर्गेन क्लोप र महिला प्रशिक्षकको अवार्ड अमेरिकाकी जील एल्लिसले जितेका छन् । क्लोपले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र टोट्टनहामका माउरिसिओ पोचेटिनोलाई पछि पारेका थिए । उत्कृष्ट महिला खेलाडीको अवार्ड अमेरिकाकी मेगान रापिनोले जिनित् । उनले अमेरिकाकै एलेक्स मोर्गन र इङ्ल्यान्डकी लुसी ब्रोन्जलाई पछि पारेकी र्थिन् ।

यसैगरी बर्ष २०१९ को फिफा पुकास अवार्ड रोमानियाका डेनियल जसोरीले पाए । उत्कृष्ट पुरुष गोलरक्षक लिभरपुलका एलिसन बेकर र महिला गोलरक्षक अवार्ड नेदरल्यान्ड्सकी सारी भान भीनेनडालले जिते ।