७ बैशाख २०८१, शुक्रबार
Follow Us

निजगढ विमानस्थल जुरिच एयरपोर्टले बनाउने

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७६, सोमबार २१:५९

काठमाडौं । बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल स्विस कम्पनी जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)ले बनाउने भएको छ ।

लगानी बोर्डले विमानस्थल निर्माणका लागि जुरिच इन्टरनेसनल एयरपोर्टसँग विस्तृत प्रतिवेदन प्रस्ताव माग गरेको छ । गत चैतमा सम्पन्न लगानी सम्मेलनका क्रममा सोकेसमा राखिएका विभिन्न परियोजनामध्ये निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सातवटा प्रस्ताव परेका थिए । त्यसबेला आशय प्रस्ताव पेस गर्ने विभिन्न कम्पनीमध्येबाट जुरिच एयरपोर्टसँग विस्तृत प्रस्ताव माग्ने निर्णय गरिएको हो ।
बोर्डको सोमबार बसेको बैठकले आशयपत्र पेस गर्ने ६ वटा प्रस्तावक कम्पनीमध्येबाट जुरिच इन्टरनेसनल एयरपोर्टलाई योग्य ठह¥याएर ‘सर्ट लिस्ट’मा राखेको छ । जुरिचले स्विट्जरल्यान्डसहित विभिन्न मुलुकमा विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापनको काम गर्दै आएको बोर्डले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।