२७ बैशाख २०८१, बिहीबार
Follow Us

चिनियाँ नेताबाट प्रशिक्षण, नेकपामा मौलिकताको खडेरी

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७६, सोमबार २२:०६

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सोमबारचिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग प्रशिक्षण लिएका छन्। प्रशिक्षण मंगलबार पनि चल्नेछ। नेकपाका नेताले चिनियाँ कम्युनिस्ट पार्टीका नेताबाट प्रशिक्षण लिएसँगै सात दशक लामो नेपालको वामपन्थी आन्दोलनको मौलिकता र यस्ता प्रशिक्षणले भू–राजनीतिमा पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ।

नेपालको ठूलो र सत्तासीन वामपन्थी दलले सुरुदेखि नै माक्र्स, लेलिन, एंगेल्स र माओको विचारधारा मार्गदर्शन मानेर राजनीति गरे पनि त्यसमा बेलाबेलामा विचलन आएका बेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत नजिक पुगेपछि फेरि कम्युनिस्ट सिद्धान्तको धङधङी सुरु भएको हो। अहिले नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीका सर्वोच्च नेता सी चिनफिङको विचार अपनाउन खोज्नुलाई पनि त्यही धङधङीको निरन्तरताको रूपमा व्याख्या गर्न थालिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेकपा आफ्नो मौलिकपन छाडेर एकदलीय साम्यवादतर्फ उन्मुख भइरहेको आरोप लगाइरहेका बेला चिनियाँ पार्टीका नेताबाट दिइएको प्रशिक्षणले पनि यो आरोपलाई अझ बलियो बनाएको छ।

राजनीतिक विश्लेषक विष्णु सापकोटा नेकपामा सी विचारधाराको प्रशिक्षणलाई नेपाली वामपन्थी आन्दोलनमा मौलिकताको खडेरीका रूपमा अथ्र्याउँछन्। नागरिकमा खबर छ ।