१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वलपुरमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत, २० घाईते

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७६, मंगलवार ००:१७

न नवलपुर । नवलपुरको कावासोती र मध्यविन्दुमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । कावासोति नगरपालिका ८ को खरकट्टा जंगलमा गएराति ट्रकले कारलाई ठक्कर दिदा कारमा सवार सबै ५ जनाको मृत्युु भएको हो ।

पुर्व–पश्चिम राजमार्गको खरकट्टा जंगलमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नंम्बरको कारलाई ठक्कर दिदा कारमा सवार ५ जना पुरुष ब्यक्तीहरुको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा नवलपुरको देबचुली नगरपालिका १ केउरेनी बस्ने ३५ बर्षिय दिपक भनिने पूर्ण बहादुर बि.क, देवचुली ५ बस्ने दिल बहादु ढेगाँ मगर, देवचुली १० पृथ्वीनगरका दिपेश राना, सोहि ठाँउका हिरा राना र कैलालीका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते ५ जनाकै सरकारी अस्पताल चितवनमा उपचारका क्रममा मृत्युु भएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो।