८ बैशाख २०८१, शनिबार
Follow Us

युवतीलाई ‘प्रेम गर्दै’ अश्लील भिडियो बनाउने पक्राउ

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७६, मंगलवार २१:३२

काभ्रे।रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई राम्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्।
हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति युवती त्यस बेला अत्यन्त आक्रोशित भइन् जब युवकले प्रेमकै पासो थापेर उनकै बहिनीलाई पनि बन्धक बनाएर सँगै अश्लील चित्र खिच्न थाले।

अभियुक्त गोलेलाई प्रहरीले पक्राउ गरेको छ। निजका दुई श्रीमती छन् भने अन्य युवतीलाई पनि यौनशोषण गरेको र विभिन्न क्षेत्रका व्यक्तिलाई ठगी गरेको उजुरी प्रहरीकोमा दर्ता छ। नेपाल समाचारपत्रमा खबर छ ।