८ बैशाख २०८१, शनिबार
Follow Us

लन्डनमा ट्रयाम दुर्घटनामा पाँचको मृत्यु

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७३, बिहीबार ०७:५०

लन्डन । लन्डनमा बुधबार भएको ट्रयाम दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । घटनामा घाइते भएका ५० जनालाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको लण्डन प्रहरीले बताएको छ । ट्रयामका चालकलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिएको बताइएको छ । सडक दुर्घटना लन्डनको दक्षिण क्षेत्रमा भएको जनाइएको छ ।