१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वसम्मेलनको लागि एनआरएन युकेद्धारा प्रतिनिधी छनोटको लागि आवेदन माग

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७६, बुधबार ०७:४७

लण्डन । आगामी १५ देखी १७ अक्टोवरमा काठमाण्डौंमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्वसम्मेलनको लागि एनआरएन युकेले प्रतिनिधी चयनको प्रकृया अघि बढाएको छ ।

सो अधिवेशनमा एनआरएनए युकेको तर्फबाट प्रतिनिधी छनोट हुनका लागि २९ सेप्टेम्वर साँझ १० बजे सम्म फाराम अनिवार्य रुपमा भर्नु पर्ने संघका महासचिव फडिन्द्र भट्टराईले जनाए ।

प्रतिनिधी हुन चाहानेहरुले केन्द्रिय समितिले तय गरेको मापदण्ड अनिवार्यहरुमा पुरा गर्नु पर्ने छ । जस अनुसार एनआरएनए युकेको सदस्य अनिवार्य हुनु पर्ने, राष्ट्रिय महाधिवेशन संचालन सम्वन्धी निनयमावली २०१९ को धारा ७.२ अनुसार प्राथामिकतामा परेको हुनु पर्ने लगायतका मापदण्ड तोकिएको छ ।

प्रतिनिधी दर्ता शुल्क २ सय अमेरिकि डलर तिर्नु पर्नेछ।