७ बैशाख २०८१, शुक्रबार
Follow Us

नवौं गैरआवासीय नेपाली विश्व सम्मेलनको तयारी अन्तिम चरणमा

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७६, बुधबार ०९:४५

 “म, मेरो एन आर एन ए र मेरो नेपाल” मूल विषयमा आधारित भएर यस वर्षको नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन यही २०७६ साल आश्विन महिनाको २८ गते देखी ३० गते सम्म अर्थात १५-१७ अक्टोवर २०१९ मा काठमाडौंमा आयोजना गरिने भएको छ ।

यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार नेपाल उद्धोग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गईरहेको छ । उक्त सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रीज्यूको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भइसकेको छ । उक्त उच्चस्तरीय आयोजक समितिको सचिवालयका रुपमा संघको सचिवालयले नै कार्य गरिरहेको छ ।

यस आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघ संस्थाका अध्यक्षहरु रहेका छन् । यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलन तथा महाधिवेशन सम्बन्धी तयारीका कामहरु तदारुकताका साथ अघि बढी रहेका छन् ।

सम्मेलनको मूल विषय “म, मेरो एन आर एन ए, र मेरो नेपाल” मा आधारीत भएर विभिन्न शत्रहरुको आयोजना गरिने छ । सम्मेलनमा नेपाल सरकार यहाँका राजनैतिक दल एवं नागरिक समाज, समाजसेवी र संचारकर्मीहरुको सहभागीता रहने छ ।

यसै सन्दर्भमा अफ्रिका, अमेरिकाज्, एशिया प्रशान्त, युरोप, मध्यपूर्व र ओसेनिया क्षेत्रमा रहेका एनसिसिहरुको महाधिवेशन सम्पन्न भइ अन्तर्राष्ट्रिय महाधिवेशन मतदान अधिकार सहितका प्रतिनिधिहरु चयनको कार्य भइरहेका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रतिनिधिहरुको नामावली जसमा कूल मतदाताको संख्यामा २० प्रतिशत थप गरी यही ३० सेप्टेम्वर सम्म सचिवालयमा उपलब्ध गराउनु पर्ने गरी निर्णय गरेको छ र उक्त निर्णय राष्ट्रिय समन्वय परिषद्लाई गराईसकिएको छ ।

यस पछि एनसिसिले पठाएका प्रतिनिधिहरुको नामावलीलाई अन्तिम रुप दिइ मतदाताको नामावली प्रकशित गरिने भएको छ । त्यसपछि निर्वाचनको औपचारिक प्रक्रिया (मनोनयन, मनोनयन माथि दाबि विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन, मतदान र मत गणना गरिने छ ।

यी सम्पूर्ण प्रक्रिया १७ अक्टोवर भित्र पुरा हुने छ । यही विश्व सम्मेलनमा भगलिन लिनको मध्यपूर्व, मलेशिया, अफ्रिकाका गैरआवासीय नेपालीहरु र नेपाल भित्रका इच्छुक नेपाली नागरिकहरुको लागि १०० अमेरिकी डलर र यस बाहेका गैरआवासीय नेपालीहरुका लागि २०० अमेरिकी डलर प्रतिनिधि शुल्क तोकिएको छ ।

भागलिने प्रतिनिधिहरुले संघले तोकेको बैंक खाता वा सचिवालयमा आइ तोकिएको शुल्क बुझाएर १४ अक्टोवर बेलुका ७ बजे सम्म नाम दर्ता गरी सक्नु पर्ने छ । यस सम्बन्धी थप जानकारीका लागि आआफ्ना देशका राष्ट्रिय समन्वय परिषदहरुमा सम्पर्क राख्न अनुरोध समेत गर्दछौं । सम्मेलन सम्बन्धी सम्पूर्ण तयारीहरु तिव्रताका साथ अघि बढी रहेको छ ।

यस सम्मेलनमा प्रायोजक भई सहयोग गर्न समेत अनुरोध पठाइसकिएको छ । यसको विस्तृत विवरण संघको वेब साइट www.nrna.org/9thgc प्राप्त गर्न सक्नु हुने छ ।

गैरआवासीय नेपाली संघको यस सम्मेलनलाई भब्य रुपमा सफल बनाउन वर्तमान कार्यसमिति सबैमा हार्दिक अनुरोध गर्दछ ।