१३ बैशाख २०८१, बिहीबार
Follow Us

पोखराको हङकङबजारमा आगलागी

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७३, बिहीबार ०७:५२

पोखरा । पोखराको पृथ्वीचोकमा रहेको हङकङबजारमा गएराति आगलागी हुँदा लगभग पाँच करोडभन्दा बढीको क्षति भएको छ । राति १० बजेको समयमा अचानक भएको आगलागीबाट बजारभित्र रहेका ३० वटा पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर नष्ट हुँदा सो क्षति भएको हो ।
आगलागीबाट २३ वटा पसल पूर्णरुपमा क्षति भएको र सातवटा पसलमा आंसिक क्षति पुगेको छ भने आगो नियन्त्रणका क्रममा कतिपय अन्य पसलका सामानमा समेत क्षति पुगेको बताइएको छ ।
बजारको सुरक्षार्थ खटिएका गार्डले खबर गरेपछि बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच घन्टापछि आगो नियन्त्रणमा आएको बजार सञ्चालक मिलनप्रसाद तिवारीले बताउनुभयो ।