७ बैशाख २०८१, शुक्रबार
Follow Us

सिंगापुरमा एक नेपाली भिक्षुलाई जेल सजाय

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७६, बुधबार १५:५२

 काठमाडौं। यौन दुर्ब्यवहारको आरोपमा एक नेपाली भिक्षु सिंगापुरमा जेल परेका छन्। सिंगापुरको अदालतले नेपालका भिक्षु ४२ बर्षीय दावा तामाङलाई ५ महिनाको जेल सजाय सुनाएको हो ।

ताइवानमा ध्यान गर्न जाने उद्देश्यले ट्राभल भिसामा असार २१ गते सिंगापुर पुगेका तामाङ माथि गएको ५ दिनपछिनै सिंगापुरको गेल्याङमा एक सडक ब्यापारी महिलालाई गत असारमा यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । सिंगापुरको सञ्चार माध्यमले दावाले कपडा किन्न खोज्दा ति महिलाको संवेदनशील अंगमा हात लगेको जनाएका छन् ।

२८ वर्षकी ती महिलाले दावाको हात समातेर चर्को स्वरमा कराएपछि स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए ।