११ बैशाख २०८१, मंगलवार
Follow Us

ट्रम्पले ज्ञवालीलाई सोधे– के छ नेपालको खबर ?

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७६, बुधबार २०:४३

काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन् ।

रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ । प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन् ।

रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने, ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो, मैले अलिकति अवस्था बताए, उहाँले आपसी सहयोग र सहकार्यमा अमेरिका तत्पररहेको सुनाउनुभयो ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।