१३ बैशाख २०८१, बिहीबार
Follow Us

विवाहअघि यौनसम्बन्ध राख्न नदिने कानुन प्रस्ताव

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७६, बुधबार २१:००

जकार्ता । इन्डोनेसियाको संसद्‌बाहिर नयाँ प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ । प्रस्तावित कानुनमा बिहेअघि यौनसम्बन्ध राख्न नपाइने प्रावधान रहेको छ । यस्तै, सो नयाँ प्रस्तावित कानुनअनुसार राष्ट्रपतिको विरोध गर्नु अपराध मानिनेछ ।

सो मस्यौदा कानुनविरुद्ध देशका अन्य स्थानमा पनि विरोध भएको छ । मस्यौदा कानुन पारित भएर कानुन कार्यान्वयनमा आएमा त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मानिनेछ ।

यस्तै, विवाहपूर्व यौनसम्बन्ध राख्नु अपराध मानिनेछ । जसमा आरोपीलाई एक वर्ष जेल सजाय हुनेछ । विवाह नगरी सँगै बसेमा ६ महिना जेल सजायको व्यवस्था गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राज्यका निकाय र झन्डा तथा राष्ट्रिय गानजस्ता प्रतीकको अपमान गर्न पाइनेछैन । स्वास्थ्य समस्या र बलात्कारका घटनामा बाहेक गर्भपतन गरे अधिकतम चार वर्ष जेल सजाय हुन सक्नेछ । संसद्‌मा प्रस्तावित कानुनमा मंलबार नै मतदान हुने योजना भए पनि राष्ट्रपति जोको विडोडोले थप विचार गर्नुपर्ने भन्दै मतदान शुक्रबारका लागि स्थागित गरिदिएका हुन् । राजधानी दैनिकमा खबर छ ।