१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल आएर सूक्ष्म निगरानी गर्दै चिनियाँ सुरक्षाकर्मी

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७६, बुधबार २१:२१

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणलाई लक्षित गरी सरकार उच्चस्तरीय सुरक्षा योजना मनाउन लागिपरेको छ ।
चिनियाँ राष्ट्रपति भारत हुँदै २६ असोजमा काठमाडौं आउने बताइएको छ भने २७ असोजमा उनी बेइजिङ सुरक्षा स्रोतले जनाएको छ ।
तथापि, औपचारिक रुपमा सीको भ्रमणको मिति सार्वजनिक गरिएको छैन ।
सीको भ्रमण निश्चित भएसँगै उच्चस्तरका कर्मचारी नेपाल आइसकेका छन् ।
उनीले सुरक्षा अवस्थाको विश्लेषण गर्दै दूतावासमार्फत सी भ्रमणका लागि आफ्ना तर्फबाट तयारी अघि बढाइरहेका छन् ।
सीको सुरक्षालाई निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली समेत नेपाल आइसकेको स्रोतको दाबी छ । राजधानी दैनिकमा विस्तृतमा खबर छ ।