१३ बैशाख २०८१, बिहीबार
Follow Us

संसद आज स्थगित, भोलि बस्ने

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७३, बिहीबार ०७:५७

काठमाडौं । व्यवस्थापिका–संसद्को आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । संसद् सचिवालयले सूचना प्रकाशित पूर्व निर्धारित बैठक भोलिसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । किरात धर्मगुरु एवं राष्ट्रिय विभूति फाल्गुनानन्द लिङ्देनको जन्मजयन्ती परेकाले संसद् बैठक स्थगित गरिएको हो । अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ । संसद् बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा छलफल गर्ने कार्यसूची छ ।