६ बैशाख २०८१, बिहीबार
Follow Us

१४ बर्षीया बालिका गर्भवती बनाएको आरोपमा ६५ बर्षीया बृद्ध पक्राउ

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७६, बिहीबार ०२:३७

बुटवल । पुर्व नवलपरासीको प्रहरीले एक १४ बर्षीया बालिका बलात्कार गरि गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक बृद्धलाई पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १६ घर भई कावासोतीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मोहन पोखरेलले जानकारी दिए ।

निज बृद्ध बिरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान भई रहेको उनले बताए । उनका अनुसार ती बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको छ ।