१४ बैशाख २०८१, शुक्रबार
Follow Us

परिवर्तन विरोधीमाथि खनिए: प्रचण्ड

नेपालब्रिटेन डट कम्
९ आश्विन २०७६, बिहीबार १७:१०

बुटवल–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि परिवर्तन विरोधीमाथि खनिएका छन् । गणतन्त्र ल्याउन भूमिका खेल्ने एक पात्र आफू भएको उल्लेख गर्दै उनले यो व्यवस्था असफल हुँदा सबैभन्दा धेरै दोष आफूलाई आउने बताए । उनले गणतन्त्रलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै धमिलो पानीमा माछा मार्न खोज्नेप्रति सचेत हुनुपर्ने धारणा राखे ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा कोटिहवामा सुरु भएको लगानी सम्मेलन–२०१९ लाई सम्बोधन गर्दै प्रचण्डले विगतमा निरकुंश व्यवस्थाका कारण मुलुक आर्थिक रुपमा कमजोर भएपनि अब भने समृद्धितर्फ जाने समेत बताए । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सम्भावनै सम्भावना भएको रुपन्देहीमा लगानीको वातावरण बन्दै गएको बताए ।

उनले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधिक पर्यटनको सम्भावना रहेको भन्दै त्यसका लागि पूर्वाधारको जरुरी रहेको र केही पूर्वाधार तयार भइसकेको पनि बताए । कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानी गर्न लगानीकर्ता आकर्षित हुन थालेको बताए । सो अवसरमा नेकपा महासचिव विष्णु पौडेल, नेकपा सचेतक बाकृष्ण खाण, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शकंर पाखेरल लगायतले समेत धारणा राखेका थिए।