१५ चैत्र २०८०, बिहीबार
Follow Us

धनुषामा गोली हानेर ४ जना डाँकाको समुह पक्राउ

sarusaru
९ आश्विन २०७६, बिहीबार ०४:३६

 

धनुषा । आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गर्न धनुषा प्रहरी सफल भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करीब ३.३० बजेको समयमा गोली प्रहार गरी चार डाँकाहरुलाई गरिएको हो।

जनकपुरधााम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्न्सििङमा डकैती गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरुलाई देखेर रोक्न खोज्दा डाँकाहरुले प्रहरीमाथि पेस्तोल तेर्साएपछि प्रहरीले गोली चलाएको थियो।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनकपुरधाम उपमहानगरपालिका–२ स्थित भानुचोक र शिवचोकको बीचमा रहेको जानकी फर्न्सििङमा लुटपाट गर्ने गिरोहका चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दा प्रहरीले तीन राउण्ड गोली चलाएको निरीक्षक कार्कीले बताए । डाँकालाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा एक जनाको खुट्टामा गोली लागेको छ। उनको अवस्था समान्य रहेको छ। डाँकाको साथबाट हतियार तथा औजार बरामद गरिएको छ।

गोली लाग्नेमा रौतहटका विनोदप्रसाद सिंह हुन् । उनको हाल जनकपुर अस्पतालमा उपचार भइरहेको छ। सिंहसँगै पक्राउ पर्नेमा दुईजना भारतीय र एक रौतहटका छन् । घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

 

 

 

डिसी नेपाल