८ बैशाख २०८१, शनिबार
Follow Us

संघीय लोकतान्त्रिक गठबन्धनको बैठक बस्दै

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७३, बिहीबार ०८:०५

काठमाडौं । संघीय लोकतान्त्रिक गठबन्धनको बैठक आज बस्दै छ । संघीय समाजवादी फोरम नेपालको काठमाडौं तीनकुनेस्थित कार्यालयमा दिउँसो बस्ने बैठक संविधान संशोधनमा सरकारले गरेको ढिलाइमा केन्द्रित हुने बताइएको छ । वैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तथा गठबन्धनको आगामी नीति र कार्यक्रमबारे पनि छलफल हुनेछ । संविधान संशोधनमा प्रमुख दललाई दवाव दिन गठबन्धनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ ।