१२ बैशाख २०८१, बुधबार
Follow Us

जनप्रतिनिधि नै ठेकेदार!

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७६, शुक्रबार ०३:२२

 जाजरकोट नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उहाँले काम गरेबापतको पारिश्रमिक पाएका छैनन् । यो अवधिमा न त उहाँले काम गरेको पैसा पाउनुभयो न त काम लगाउने ठेकेदारलाई नै भेट्न पाएन् । “काममा साक्षी पठाएर काम गर्न लगाए ।

अहिले काम सकिएको दुई वर्ष भयो । पैसा दिएको छैन”, अनकले भन्नुभयो, “पारिश्रमिक खोज्दै दुई वर्ष बित्यो । ऋण काढेर ठेकेदार खोज्न जानुपर्ने बाध्यता छ । पारिश्रमिक पाउने आशामा दुई वर्ष बित्यो । पैसा पाउला र ऋण तिराँैला भनेको अझ त ब्याज मात्र बढेको छ ।

” अनक मात्रै होइनन्, एउटै गाउँका ५० जनाभन्दा बढी मजदूरले काम गरेको ज्याला पाएका छैनन् । नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँ सडकका मजदूरले पैसा पाएका छैनन् । “आज दिन्छु भन्छ, भोलि दिन्छु भन्छ । तर ठेकेदारले भनेको आजभोलि अझै आएन् । अहिले फोन गर्दासमेत सम्पर्क हँुदैन”, धनबहादुर मल्लले भन्नुभयो, “काम गरेर घर चलाउने हामी, पैसा नहँुदा के खाने भन्ने समस्या प-यो । ऋण सापट गरेको ठाउँमा पनि तिर्नै पाइएको छैन ।

सामान दिनै छाडे ।” अहिले आएर निर्माणको जिम्मा लिएका ठेकेदार जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाह र वीरबहादुर सिंह कसले पैसा दिने टुङ्गो नै छैन । ठेकेदारबीच पैसा कसले दिने भन्ने टुङ्गो नलागेपछि स्थानीय चिन्तित बनेका छन् ।