६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन महासचिव डा.बद्री केसी लण्डनमा

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७६, शुक्रबार ०९:१३


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव डा. बद्री केसी लण्डन आएका छन्। केसी विहीवार साँझ लण्डनस्थित हित्रो टर्मिनल ५ मा उत्रिएका हुन् । उनको स्वागतको लागि गैरआवासीय नेपाली संघ युकेका पदाधिकारीहरु विमानस्थलमा पुगेका थिए ।

गैरआवासीय नेपाली संघको आगामि विश्वसम्मेलनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका केसी वेलायतस्थित नवनिर्वाचित कार्यसमिति तथा नेपाली समुदायसंग अन्तरक्रिया गर्ने वेलायत आएका हुन् । केसीको आगामि सोमवार मस्को फर्किने कार्यक्रमतय भएको छ ।