६ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकी राष्ट्रपति निर्वाचनको असर विश्व बजारमा

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७३, बिहीबार ०८:११

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएलगतै विश्व बजारमा एकसाथ उथलपुथल आएको छ । ट्रम्पको विजयमा निश्चित समूह खुसी बन्दा विश्व बजारले भने त्यस्लाई स्वागत गर्न सकेन । फलस्वरुप शेयर बजार खस्कनुका साथै डलरको भाउमा भारी गिरावट आएको छ । डलरको भाउ खस्कने वित्तिकै विश्व बजारमा सुनको भाउ अकासिएका थियो ।
तर नेपाली बजारमा भने सुनको मूल्यमा उत्तारचढाव देखिएको छ । हिजो विश्वबजारमा उथलपुथल देखिदा विश्वव्यापीरुपमा सुन महंगिएको थियो । बुधबार १३ सयको हाराहारीमा बढेको सुनको भाउ विहीवार भने एकैदिन १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा भने अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणामसंगै ५ सय र हजार दरका भारुको कारोबारमा बन्देज लगाएको भोलीपल्टै सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको थियो ।
तर, विहिवार एकैदिन १ हजार ४ सय रुपैयाँले घटेर सुनप्रतितोला ५६ हजार ८ सयमा कारोवार भएको छ । ५ र हजार दरका भारुमा लगाइएको बन्देजसंगै लगानीकर्तामा अन्यौलता देखिएको छ त्यसको प्रत्यक्ष असर सुन बजारमा देखिको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अमेरिकाको राष्ट्रपतिको निर्वाचन तथा भारु प्रतिवन्धले नेपाली बजारमा मात्र नभई अन्तरराष्ट्रिय बजारमै सुनको मूल्यमा उत्तरचढाव महासंघले जनाएको छ । सुनचाँदीको गरगहना बनाउन ८० प्रतिशत कालीगढ हुने गरेको र त्यसले गर्दा पनि नेपाली बजारमा ठूलो असर पर्न गएको हो । यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ । विहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।