७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा आवाजभन्दा द्रूत गतिको रकेट बन्दै

नेपालब्रिटेन डट कम्
११ आश्विन २०७६, शनिबार ०५:२४

लण्डनमा विकास भइरहेको आवाजभन्दा द्रूत गतिको ‘रकेट इन्जिन’ले उडान भर्न थालेपछि सन् २०३० को दशकमा लण्डनदेखि सिड्नीको हवाई यात्रा ८० प्रतिशतले कम हुनेछ । युके अन्तरिक्ष सम्मेलन २०१९ मा युकेको अन्तरिक्ष संस्थाले ‘विश्वकै पहिलो अन्तरिक्ष पुल’ (वल्र्ड–फस्ट स्पेस ब्रिज) सम्झौतामा अस्ट्रेलियन अन्तरिक्ष संस्थासँग अझै नजिक रहेर काम गरिरहेको घोषणा गरेको छ । द सिनर्जेटिक एयर–ब्रेथिङ रकेट इन्जिन (एसएबिआरई)ले अक्सफोर्डशीर–बेस्ड रियाक्सन इन्जिनबाट यो नयाँ व्यवसायमा सजाउन लागेको हो ।

‘हामीले एसएबिआरई रकेट इन्जिन कार्यान्वयनमा ल्याउनेछौं, त्यसले सम्भवत चारघण्टाभन्दा कममा अस्ट्रेलिया पुग्नेछौं,’ युके स्पेस एजेन्सीका प्रमुख ग्राम टर्नकले भने, ‘यो प्रविधिले अवश्य पनि त्यस्तो सेवा दिनेछ । हामीले सन् २०३० को दशकमा सेवामा ल्याउने विषयमा विचारविमर्श गरिरहेका छौं र कामहरुमा धेरै प्रगति भइरहेको छ ।’ सन् २००३ देखि ‘कोन्कोर्ड’ले उडान रोकिपछि आवाजभन्दा द्रूत गतिको उडान रुचाउनेहरु आवाजको अवरोधलाई लिएर खिन्नता प्रकट गर्दै आएका थिए । रियाक्सन इन्जिनले सन् २०१९ मा आवाजको गतिभन्दा तीन गुणा गति बढाउने ‘प्रिकुलर’को सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेको थियो ।